नियम ३३
अनुमतिपत्र रद्द गर्ने
(१) अनुमतिपत्रको अवधि बहाल नरहेको कुनै सेवा प्रदायकको सम्पत्ति नियम २४ बमोजिम लिलाम गर्दा बिक्री हुन नसकी नियम ३२ बमोजिम कसैले क्रण र दायित्व सकार नगरेमा प्राधिकरणले त्यस्तो सेवा प्रदायकको अनुमतिपत्र रद्द गर्नेछ।
(२) उपनियम (१) बमोजिम अनुमतिपत्र रद्द भएको सेवा प्रदायकको सेवा प्रयोग गरिरहेका ग्राहकलाई तीन महिनाभित्र अर्को सेवा प्रदायकमा स्थानान्तरण गर्ने गरी प्राधिकरणले आवश्यक व्यवस्था गर्नेछ।
(३) उपनियम (१) बमोजिम अनुमतिपत्र रद्द भएको तीन महिनापछि वा उपनियम (२) बमोजिम ग्राहक स्थानान्तरण भएपछि त्यस्तो सेवा प्रदायकले प्रयोग गरिरहेको दूरसञ्चार फ्रिक्वेन्सी स्वतः प्राधिकरणलाई हस्तान्तरण हुनेछ।
(४) उपनियम (२) बमोजिम ग्राहक हस्तान्तरण नभएसम्म व्यवस्थापन समूहले सेवा सञ्चालन गर्नेछ।